धनगढी १८ असार- सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक पाँचौ पटक स्थगित गरिएको छ । प्रतिपक्षीको अवरोधका कारण लगातार स्थगित हुँदै आएको सभाको बैठक बिहिबार दिउसो ३ बजे आह्वान गरिएको थियो ।
सरकार र प्रतिपक्षी दलबिचको बार्ता जारी भएपछि बैठक स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।सरकारले अवरोधबारे निष्कर्ष भइनसकेकोले सभामुखलाइ बैठक सार्न आग्रह गरेपछि सूचना टाँसेर स्थगित गरिएको जनाइएको छ ।
अहिले सरकार र प्रमुख प्रतिपक्षी दल, प्रतिपक्षी दलबिच छलफल जारी रहेको छ । सभाको बैठक २१ गते विहान ८ बजेसम्मका लागि स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।