• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अन्तर्वार्तामा किन चिप्लिन्छन् कलाकार ?

काठमाडौं।

प्रश्नः नेपालमा कतिवता प्रदेश छन् ?

उत्तरः ७२ वटा छन्।

प्रश्नः नेपालमा कति जिल्ला छन् ?

उत्तरः जिल्ला त केरे १४ वटा छन्।

माथिको प्रश्नोत्तर कुनै कमेडी वा झुक्याउनका लागि गरिएको होईन्। यो त नेपालकी नायिका पूजा शर्मालाई टेलिभिजिन प्रस्तोताले सोधेको प्रश्न र उनले दिएको जवाफ हो।

सामान्यतया नेपालका कतिवटा जिल्ला छन्रु कति वटा प्रदेश छन्रु भन्ने जानकारी भर्खर विद्यालय गइरहेका बालबालिकालाई थाहा हुन्छ। तर, उनले यसबारे आफूलाई कुनै जानकारी नभएको स्वीकार गरेकी छन्।

यो विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ। यसले नेपाली सेलिब्रेटीहरुको बौद्धिक क्षमतामाथि प्रश्न उठ्न थालेको छ। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम तथा सञ्चारमाध्यमले यो विषयलाई चर्चामा ल्याएका हुन्।

अन्तर्वार्ता लिन बोलाएर पछि कलाकारको ज्ञानको दायरा नाप्न खोज्दा समस्या हुने गरेको कलाकार दीपकराज गिरी बताउँछन्। उनले अन्तर्वार्ताका लागि प्रस्ताव आउँदा होसियार रहन र सकेसम्म टार्न सल्लाह दिए।

केही समय अगाडि अर्की नायिका वर्षा राउत पनि एक अन्तर्वार्ताका कारण चर्चामा आईन्। नेपाल(भारतबीच सीमा विवादमा उनले दिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा चर्चित भएको थियो।

पछि उनले माफी मागेर लाईभ कार्यक्रममा बोल्ने क्रममा जिब्रो चिप्लिएर अन्यथा हुन गएको तर्क अघि सारेकी थिइन्।

त्यो त केही वर्ष अगाडि नायिका प्रियंका कार्की पनि जिब्रो चिप्लिदाँ विवादमा तानिएकी थिइन्। सेलिब्रेटीहरू बेला(बेला बाहिरी ज्ञानको अभावमा चिप्लिने गरेका छन्।

आखिर किन ?

सेलिब्रेटीहरूलाई आफ्नो देशको बारेमा कमसेकम सामान्य जानकारी हुनुपर्ने वरिष्ठ गीतकार कृष्णहरि बराल बताउँछन्।

“हुन त सबैलाई सबै कुराको जानकारी हुन्छ भन्ने छैन्। तर, कमसेकम सेलिब्रेटीहरूलाई देशको बारेमा सामान्य जानकारी भने हुनैपर्छ।” बरालले भने।

सेलिव्रेटीहरूलाई समाजमा धेरैले नजिकबाट नियाल्ने भएकाले कहाँ के बोल्ने भन्नेमा सचेत हुनुपर्ने उनको भनाइ छ। कसले के सोध्योरु त्यसको जवाफ कसरी दिने भन्नेमा समेत सचेत भएर काम गर्दा कुनै विवादको सामना गर्नुनपर्ने उनको तर्क छ।

कलाकार दीपकराज गिरी भने पत्रकारलाई अन्तर्वार्ता दिँदा होसियार रहन कलाकारलाई सुझाव दिन्छन्। मिडियाबाट अन्तर्वार्ताका लागि आउने प्रस्तावमा कलाकारले ‘नाई’ भन्न नसक्दा समस्या भइरहेको भन्दै त्यसतर्फ सतर्क रहनुपर्ने उनको भनाइ छ।

दीपक भन्छन्, “कोही सुपरस्टार को हो भन्ने बारेमा चिप्लिए। कोही नेपोटिज्मका बारेमा। कोही केमा कोही केमा।”

‘पत्रकारले फोन गरेर लौ इन्टरभ्यू दिनपर्‍यो’ भन्यो, क्यामेराको ढक्कन खोल्यो र शुरू भैहाल्यो, टेडा-मेडा प्रश्नको झटारो। हामी कलाकार बिना तयारी पत्रकार रिसाउँलान भनेर बोल्न शुरू गर्छौँ, उनले सामाजिक सञ्जालमा लेखेका छन्, “जसो जसो अन्तर्वार्ता अगाडि बढ्छ, हामी कलाकारको जिब्रो चिप्लिन थाल्छ। व्यवसायिक पत्रकार मनमनै खुशी हुन थाल्छन।”

अन्तर्वार्ता लिन बोलाएर पछि कलाकारको ज्ञानको दायरा नाप्न खोज्दा समस्या हुने गरेको उनको भनाइ छ। दीपकले कलाकारलाई अन्तर्वार्ताका लागि प्रस्ताव आउँदा होसियार रहन र सकेसम्म टार्न सल्लाह दिए।

पत्रकारसँग आवश्यक सल्लाह गरेर मात्र अन्तर्वार्ताका लागि तयार हुनुपर्ने उनको भनाइ छ।

बिहिबार, असार १८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.