काठमाडौं । विश्वभर एकै दिन १ लाख ९६ हजार बढी कोरोना संक्रमित थपिएका छन् । वर्ल्डमिटरको विहान ६ बजेको तथ्याङक अनुसार विश्वभर एकै दिन १ लाख ९६ हजार २ सय २१ नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै विश्वभर एकै दिन ४ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ । बुधबार सबै भन्दा धेरै अमेरिकामा ५० हजार ६ सय ४७ जना नायँ संक्रमित थपिएका छन् । त्यस्तै ब्राजिलमा ४४ हजार ८ सय ८४ नयाँ संक्रमति थपिएका छन् भने भारतमा १९ हजार ४ सय २८ जना नयाँ संक्रमित थपिएका छन् ।