काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७ लाख नाघेको छ । बिहिबार विहा साढे ५ बजेसम्मको वर्ल्डमिटरको तथ्याङब अनुसार विश्वभर संक्रमितको संख्या एक करोड ७ लाख ९२ हजार २ सय ४ पुगेको छ ।
यसरी संक्रमितमध्ये५ लाख १८ हजार ३६ जनाको ज्यान गइसकेको छ । त्यस्तै ५६ लाख २९ हजार ८ सय ४५ जना उपचारपछि घर फर्केका छन् । विश्वमा सबै भन्दा धेरै संक्रमित अमेरिकामा छन् ।
जहाँ संक्रमितको संख्या १७ लाख ७७ हजार ६ सय ६१ पुगेको छ भने १ लाख ३० हजार ७ सय ८४ जनाको ज्यान गएको छ । त्यस्तै ११ लाख ५९ हजार ६ सय १ जना उपचारपछि घर र्फेका छन् ।