एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले ब्रेस्कियाको गोल पोस्टमा आधा दर्जन गोल गरेको छ । घरेलु मैदान युसेप मियाजामा गए राति भएको खेलमा मिलानले ब्रेस्कियामाथी ६(० गोलको फराकिलो जित निकालेको हो ।
मिलानको जितका लागि एस्ले योङ, एलेक्सि सान्चेज, डानीलो डी एम्ब्रोजियो, रोबर्टो गाग्लीयार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनीयो कान्द्रेभाले एक एक गरे ।
खेलको पाँचौं मिनेटमा योङले गोल गर्दै मिलानलाई अग्रत दिलाए । त्यस्तै २० औं मिनेटमा सन्चेजले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिम मिनेटमा डानिलोले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ३(० को अग्रता दिलाएका थिए ।
त्यसपछि दोस्रो हाफमा थप तीन गोल गर्ने क्रममा खेलको ५२ औं मिनेटमा रोबर्टोले गोल गरे । ८३ औं मिनेटमा क्रिस्टियनले गोल गर्दै अग्रता ५(० को पारे । ८८ औं मिनेटमा एन्टोनियोले गोल गर्दौ मिलानलाई ६(० को फराकिलो जित दिलाएका हुन् ।
जितसँगै मिलानले २९ खेलबाट ६४ अंक जोड्दै तेस्रो स्थानमा यथावत रहेको छ । पराजित ब्रेस्किया समान खेलबाट १८ अंकसहित रेलिगेसन जोनमा छ ।
अर्को खेलमा एसी मिलानले स्पालसँग बराबरी खेलेको छ । स्पालको घरेलु मैदानमा भएको खेलमा मिलानले २(२ गोलको बराबरी खेलेको हो । बराबरीबाट एक अंक जोड्दै एसी मिलान सातौं स्थानमा उक्लिएको छ ।