धनगढी, १७ असार
गैर सरकारी संस्था समन्वय समितिका संयोजक तथा धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले धनगढीमा महिलाले नेतृत्व गरेका संघसंस्थाका प्रतिनिधीहरु संग छलफल गरेकी छन् ।
छलफलमा चालु आर्थिक बर्षमा गैर सरकारी संस्थाले गरेको कार्यको समिक्षा र आगामी आर्थिक बर्ष २०७७÷०७८ का कार्यक्रमको बारेमा छलफल भएको उप–प्रमुख भट्टले बताईन । महिलाले नेतृत्व गरेका संघसंस्थाहरुले राम्रो काम गरेको पाईएको छ उप–प्रमुख भट्टले भनिन्, अझ पनि उनिहरुको संस्थागत विकासका लागि स्थानीयतहले काम गर्नुपर्छ भन्ने हो ।

गैससहरु र स्थानीयतहका कार्यक्रमहरुको डुब्लीकेशन रोक्नु आवश्यक छ उप–प्रमुख भट्टले भनिनन्, त्यसैले यस्ता समन्वयात्मक बैठकलाई निरन्तरता दिने योजना बनाएकी छु ।
