एजेन्सी । इरानको राजधानी तेहराको एक क्लिनिकमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको छ । यो बिस्फोट सीना अतहर क्लिनिकमा भएको हो । विस्फोट भएको र ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने इरानी अधिकारीहरुले बताएका छन् ।
दर्जनौं मानिसहरु घाइते भएका छन्। ज्यान गुमाउने अधिकांश महिला रहेको बताइएको छ। ग्यास लिक हुँदा सो विस्फोट भएको र विस्फोट भएको स्थानमाथिको आकाशसम्म धुवाँ देखिएको बीबीसीले जनाएको छ ।