काठमाडौँ, । गएराति भएको स्पेनिस लिग लालिगामा गेटाफेले रियल सोसिडाडलाई २(१ गोलले पराजित गर्न सफल भएको छ । यस सिजन उत्कृष्ट खेल प्रदर्शन गरेको गेटाफेले सोसिडाडलाई पराजित गर्न सफल भएको हो ।
खेलको २० औँ मिनेटमा गेटाफेले पाएको पेनाल्टीलाई जेमी माटाले सदुपयोग गरे । तर, खेलको ५५ औँ मिनेटमा सोसिडाडका लागि अदनान जानुजाजले बराबी गोल फर्काए ।
खेलको ८३ औँ मिनेटमा जेम्मी माटाले गेटाफेका लागि व्यक्तिगत दोस्रो गोल गर्दै जित दिलाउन सफल भए ।
पाँचौँ स्थानमा रहेको गेटाफेको ३२ खेलमा ५२ अंक भएको छ । त्यस्तै सातौँ स्थानमा रहेको सोसिडाडको ४७ अंक रहेको छ ।