धनगढी, १५ असार– कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ को कार्यालय भवन निर्माणमा मनरी गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
वडा कार्यालय निर्माण गर्दा स्थानीयवासीको मागलाई वेवास्था गर्दै मनोमानी ढंगबाट अनुपयुक्त स्थानमा वडा कार्यालयको भवन निर्माण गर्न लागेको भन्दै स्थानीयहरुले विरोध गरेका हन् ।
जनताको चाहना विपरित बसन्तामा वडा कायालय निमार्ण हुन लागेका भन्दै सोमबार स्थानीयले सडकमा उत्रिएर विरोध जनाएका छन् । स्थानीयले प्रतिखेतमा नै भवन निर्माण गर्नुपर्ने वा बृहत भेला गराई निर्णय गरी अघि बढ्नुपर्ने माग वडा र नगरपालिकामा राखेको भएपनि कतैबाट सुनुवाई नभएको भन्दै विरोध गरेका छन् ।
यसअघि वडाअध्यक्ष विनोद विश्वकर्माले आफुखुसी भवन निर्माण गर्न थालेको भन्दै स्थानीय डम्बर थापाले गत वर्ष जेठ १४ गते पुनरावेदन अदालत दिपायलमा मुद्धा दायर गरेका थिए ।