१५ असार,
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले परिक्षणमा निकै ढीलासुस्ती भएको वताउदै परिक्षण कार्यलाई तिव्र वनाउनुपर्नेमा जोड दिएका छन् । परिक्षणको लागि नमुना संकलन गरेको १ महिनासम्म पनि रिपोर्ट नआउदा नागरिकमा आक्रोश वढेको वताउदै मुख्यमन्त्री शाहीले कारण देखाएर पन्छिन नमिल्ने वताए ।
कोरोनाको लडाई नसकिएकाले नथाकेर लडन निर्देशन दिदै मुख्यमन्त्री शाहीले कोरोना बिरुद्धको लडाईमा अन्तिम समय समय सम्म लड्को लागि सबैलाई आग्रह गरेका छन् । सोमवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा वसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको वैठकलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।
‘भारतवाट प्रदेश भित्रिने चाप घट्दोक्रममा छ अब समुदाय स्तरमा केन्द्रीत हुनु प¥यो,’ ‘मुख्यमन्त्री शाहीले भने,’ ‘कोरोनाको अति प्रभाव देखिएका ३ जिल्लामा समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुन सक्छ अब रोकथाम र नियन्त्रणका लागि परिक्षणमा जोड दिनु प¥यो ।
सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै पनि प्रभावकारी वनाउनुपर्ने वताउदै मुख्यमन्त्री शाहीले सुरक्षा मापदण्डलाई कडाई पूर्वक कार्यान्वयन गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका थिए ।
प्रदेश अस्पत्तालमा रहेको पिसिआर मेशिनको मर्मतको व्यवस्था तत्काल गर्न निर्देशन गर्दै मुख्यमन्त्री शाहीले मेशिन विग्रियो भनेर वस्ने होईन विकल्पको खोजी गर्नुपर्नेमा जोड गरेका थिए ।
भारतवाट आउनेहरुको संख्या घटदै गएकोले जिल्ला स्तरवाटै व्यवस्थापन गर्न सकिने वताउदै क्वारेन्टाईनलाई अव जिल्ला स्तरमा केन्द्रीत गर्नुपर्ने मुख्यमन्त्री शाहीको जोड थियो । उनले क्वारेन्टाईनका लागि प्रयोग भएका स्थानीय स्तरका विद्यालय तथा सार्वजनिक संस्थाका भवनहरु खाली गर्नुपर्ने बताए ।
जिल्ला विपद व्यवस्थापन केन्द्रको सिफारिशमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो वनाउदै लगिने पनि उनले प्रष्ट पारेका थिए ।