दार्चुला- जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा गएको पहिरोले दुई जनाको ज्यान गएको छ। गएराती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुशान्त महताको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए।
उनकी श्रीमती चनमती महता गम्भिर घाइते रहेको तथा उनलाई गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको छ। मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको उनले बताए। यस्तै अन्य तीन जनाको घरमा समेत भएको उनले बताए। सो क्षेत्रमा अहिले प्रहरी खटिएको छ। पहिरोले पुर्याएको क्षतिको विवरण आउन बाँकी रहेको छ।