चौमाला, १३ असार– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितलाई रिपोर्ट नआउँदै घर पठाइएपछि गाउँमा त्रास फैलिएको छ । आरडिटिपोजेटिभपछि घर पठाएका कयौँ नागरिकहरुमा पिसिआरपनि पोजेटिभ देखिएपछि गाउँमा त्रास बढेको हो ।
बिगतमा कोरोना संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गरी कोरोना नेगेटिभ नआउँदासम्म घर नपठाइएपनि पछिल्लो समय रिपोर्ट नआउँदै घर पठाएका ब्यक्तीहरुमा कोरोना देखिएपछि गाउँमा संक्रमणको त्रास बढेको हो । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ का ५० जनालाई गत जेठ ३० गते पिसिआर रिपोर्ट नआउँदै घर पठाइएको नेपाली काँग्रेस क्षेत्र नम्बर ४का सभापति दिनेशराज जोशीले आरोप लगाए । ‘आरडिटि पोजेटिभ आएकाको जेठ १८ गते स्वाव संकलन गरिएको थियो’ काँग्रेस नेता जोशीले भने–‘धेरै दिनसम्म रिपोर्ट नआउदा ३० गते घर गएका उनाईलाई असार ४ गते मात्रै पिसिआर रिपोर्टपनि पोजेटिभ आयो ।’
उनीहरु गाउँमा रोपाइँ गर्न देखी आफन्तसंग निकै घुलमिल भइसकेका उनिहरुलाई ४ गते स्थानिय जनप्रतिनिधीले होम आइसोलेशनमा बस्न निर्देशन दिएका थिए । अहिले उनीहरु होम आइशोलेसनमा बसेकाहरु केही दिनदेखी घर परिवार संगै बस्न थालेका छन् । पिसिआर रिपोर्ट नआउँदै घर पठाएका उनिहरु नतिजा नआउँदासम्म सबैसित घुलमिल भएपनि रिपोर्ट पोजेटिभपछि होम आइसोलेशनमै बसेको बताउँछन् । होम आइसोलेशनमा बसेका केही ब्यक्तीहरुलाई स्थानिय जनप्रतिनिधीले होम आइसोलेशनको समय समेत पुरा भइसकेको भन्दै सबैसित घुलमिल हुन सकिने सुझाव दिएपछि अहिले परिवार संगै बसेको गौरिगंगा नगरपालिका १ लठैयाका चन्द्र बिकले बताए ।
शुरुमा पिसिआर पोजेटिभ नआउँदै घर परिवार संग घुलमिल भएका उनिहरुलाई फेरी कोरोना जाँच नगर्दै घर परिवारसंग बस्न सुझाव दिएपछि कोरोनाबाट मुक्त भइसकेको होकी हैन भन्ने चिन्ता बढेको छ ।
करिब १४ दिनको होम आइसोलेशनपछि घर परिवारसंगै बस्न थालेपनि घर परिवारलाइ पनि कोरोना संक्रमणको त्रासनै छ । घर पठाएको ६ दिनपछि कोरोना संक्रमित भएका उनिहरुका परिवारको कन्ट्याक्ट टे«ेसिङ समेत हुन सकेको छैन । कोरोना संक्रमितको पुनः जाँच नगरी घुलमिल हुँदा परिवारमापनि त्रास बढेको पार्वति बिकको भनाई छ ।
घर परिवार संगै टोलमै कोरोनाको त्रास बढेको छ । कोरोना संक्रमणपछि उनिहरुले बिभिन्न ठाउँ गइसकेपनि कन्ट्याक्ट टे«ेसिङका लागी कुनै निकायको पहल हुन नसकेको स्थानियले बताएका छन् । कोरोना रिपोर्ट नआउँदै घर पठाएको स्थानिय तहले झन घर परिवार संग घुलमिल हुनुभन्दा पहिले कोरोना जाँच नगर्दा त्रास छाएका छ ।
जोखिम बढेपछि प्रतिपक्षी दल काँग्रेसको निरिक्षण

कोरोना रिपोर्ट नआउँदै घर पठाइएपछि प्रदेशको नेपाली काँग्रेस संसदिय दलले चासो देखाएको छ । संसदिय दलका नेता डक्टर रण बहादूर रावल सहितको टोलिले सो क्षेत्रको अनुगमन गरेको छ । सरकारले कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आइसोलेशनमै राखेर उपचार गर्नुपर्ने ठाउँमा उल्टै रिपोर्ट नआउँदै घर पठाएर गाउँमा संक्रमण बढाउने काम गरेको संसदिय दलका नेता रावलले बताए । यस्ता कार्य रोकी पिसिआरपछि मात्रै घर पठाउनुपर्ने र कन्ट्याक्ट टे«ेसिङ गरी सम्पर्कमा आएका सबैको परिक्षण हुनुपर्ने उनको भनाई छ । निक्षिणमा सुदूरपश्चिम प्रदेश सदस्य दिब्यश्वरी शाह, टेकबहादुर रैका र अम्बीका थापा लगाएतका सम्मिलित टोली रहेको थियो ।