असार, ११
काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण भारतमा एकै दिन ४ सय १ जनाको ज्यान गएको छ ।
वर्ल्डमिटरको शुक्रबार विहान ६ बजेसम्मको तथ्याङक अनुसार भारतमा एकै दिन १८ हजार १ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ । यसरी भातमा कोरोना संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ । जसमध्ये १५ हजार ३ सय ८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २ लाख ८५ हजार ६ सय ७१ ज्ना उपचारपछि घर फर्केका छन् भने १ लाख ९० हजार १ सया ९१ ज्ना उपचाररत रहेका छन् । जसमा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर छ