रुकुम
१० असार,
रुकुम पश्चिमको जिल्ला अदालतले सोतीगाँउ समूहिक हत्याको घटनामा चार जनाबाहेक सबैलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ । चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको हो ।
न्यायाधिश विद्याराज पौडेलको इजलासले बुधबार प्रतिवादीमध्ये तीन जनालाई साधारण तारेख र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। प्रेमिका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई यसअघि बाल सुधार गृह पठाइएको थियो। रुकुम पश्चिमको चौरजहारी नगरपालिका(८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १० गते गाउँका १९ युवा लिएर पुगेका नवराज विकलाई गाँउलेले लखेटेका थिए। नवराजसहित ६ जनाको शव भेरी नदिमा भेटिएको थियो। प्रहरीले नवराजकी प्रेमिका भनिएकी युवती, उसका बाआमा र दाई, वडाध्यक्षसहितलाई पक्राउ गरेको थियो। उनिहरु सबैलाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता भएको थियो।