धनगढी, १० असार- सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसको भन्दै प्रतिपक्ष दलले असार १० गते हुने प्रदेश सभा बैठक अबरुद्ध गर्ने तयरी गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभाको वैठक असार १० गते बस्ने भएको छ । उक्त बैठकमा दबाव दिनको लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राजपाले बैठक अबरुद्ध गर्ने तयारी गरेको सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता डिल्ली पन्तले जानकारी दिए ।
सरकारले कोरोना नियन्त्रण तथा पिसिआर चेक जाँचा गर्न नसकेपछि जनता निरास भएको भन्दै सरकारलाई दबाव दिन सरकारलाई दबाव दिने बताईएको छ ।