• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

अझै बैंक विहीन सुदूरपश्चिमका दुई स्थानीय तह

धनगढी, ९ असार- सवै स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारको निति भएपनि अझैंसम्म सुदुरपश्चिमका दुई वटा स्थानीय तह वैंक विहीन रहेका छन् । नयाँ संविधानको व्यवस्था अनुसार स्थानीय सरकारको संरचना निर्माण भएपछि नेपाल राष्ट्र बैंकले शाखा पुग्न नसकेका स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने नीति लिएको थियो । वित्तीय गतिविधि सञ्चालन र स्थानीय क्षेत्रको वित्तीय पहुँच विस्तारको लागि भन्दै त्यसरी २ वर्षअघि नै प्रत्येक तहमा बैंकको शाखा खोलि सक्ने लक्ष्य लिइए पनि चालु आर्थिक वर्षमा पनि त्यो लक्ष्य पूरा हुन नसक्ने देखिएको हो । योसँगै ती तहले बैंक पाउन अर्को आर्थिक वर्ष कुर्नुपर्ने भएको छ ।

पछिल्लो समय कोरोना भाइरसका कारण पूर्वाधारको व्यवस्थापनको काम समेत अघि बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म ७ प्रदेशमध्ये सुदुरपश्चिम प्रदेशमा दुई वटा स्थानीय तहमा वैंक विस्तार हुन सकेको छैन् । सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङको काँडा र थलारा गाउँपालिकामा अझै वैक। स्थापना हुन सकेको छैन । सबै बैंकहरुले शाखा विस्तार गर्ने तयारी गरे पनि पूर्वाधारको अभावका कारण यो सम्भव नभएको जनाईएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कुनै पनि बैंक स्थापना गर्नुअघि सो क्षेत्रमा आवश्यक पूर्वाधार पुग्नुपर्ने व्यवस्था रहेकोमा त्यो हुन नसक्दा शाखा खोल्ने प्रक्रिया पूरा हुन नसकेको बताए ।

वाणिज्य बैंकको शाखा खोल्न कम्तीमा पनि विद्युत् र टेलिफोन, इन्टरनेट लगायत सुविधा भएको हुनुपर्छ । त्यस्तै, प्रहरी चौकी र पक्की भवन समेत बन्नुपर्छ । कुनै स्थानमा पक्की भवन तथा कतै प्रहरी चौकी स्थापना हुन नसकेको कारण यो शाखा सञ्चालनमा ढिलाइ भएको हो । राष्ट्र बैंकले २०७५ असार मसान्तभित्रै सबै तहमा शाखा पुयाउने लक्ष्य लिएको थियो । तर सोही पूर्वाधारका कारण २ वर्ष ढिला भएको शाखा विस्तार कोरोना भाइरसका कारण थप पछि धकेलिने भएको हो ।

बैंकको शाखा पुग्न बाँकी बझाङको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले भने, ‘हामीले सबै पूर्वाधार पूरा गरिसकेका थियौं, कुमारी बैंकले शाखा खोल्ने तयारी गरिसकेको थियो । लकडाउन भएपछि शाखा खोल्ने काम त्यतिकै रोकियो, अब साउनदेखि खुल्ने तयारी गरिएको छ ।’ काँडा गाउँपालिका पनि एभरेष्ट वैंकले शाखा खोल्ने भनेको हालसम्म शाखा खुलेको छैन । स्थानीय तहमा बैंकको शाखा नहुँदा सदरमुकाम चैनपूरको बैंक शाखाबाट कारोबार गरिरहेको सोत उपाध्यायले बताए । थलारा मात्रै नभएर अन्य स्थानीय तहहरुले समेत शाखा नखुल्दा कारोबारका लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता परिरहेको छ ।

मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.