धनगढी – कैलालीको धनगढीमा धनगढी ट्रेनिङ्ग सेन्टर प्रालि सञ्चालनमा आएको छ । सेन्टरको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विकास लम्साले एक समारोहका बिच शुक्रवार उद्घाटन गरेका थिए ।
सेन्टरले विद्यार्थीहरुका लागि लोक सेवा, शिक्षक सेवा, प्राविधिक तह लगायतका कक्षाहरु सञ्चालन गर्ने सेन्टरका म्यानेजिङ डाइरेक्टर विनोद खडकाले बताए ।उनले इन्स्टिच्युटले सर्टिफिकेट र शिक्षामात्र नभई सिपमूलक शिक्षा प्रदान गर्ने लक्ष्य सहित सञ्चालनमा ल्याएको जानकारी दिए ।
उनले एसईईदेखि एमविविएससम्मका टुयूसन कक्षा पनि सञ्चालन गरिने बताए । धनगढी ट्रेनिङ्ग सेन्टर प्रालिको कार्यालय कैलाली पुल नजिकै राखिएको छ ।