कालिकोट
सुदूरपत्र सम्वादाता
कालिकोट जिल्ला पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले अरुको व्याक्तिगत कुरा सँग जोडेर बिना कारण आफ्नो चरित्र हत्या गर्ने काम भएको बताएका छन् ।
सामाजिक संजालमा जलसा बुढा र रकम बुढा बिच भएको बिवादमा आफ्नो नाम जोडेर आफ्नो चरित्राहत्या गर्ने काम गरेको हुनाले यस्तो नगर्न सबैलाई अध्यक्ष बमले आग्रह गरेका छन् । उनिहरुको बिवाद उनिहरुको व्याक्तिगत कारणले भएकोले आफुलाई जोडेर चरित्रहत्या गर्ने काम बाहेक अरु केहि नभएको उनले बताए ।
‘पिडितले न्याय पाउनु पर्छ , दोसिले कार्बाहिको भागेदार हुनुपर्छ, प्रहरीमा उजुरी दिएको हुनाले अरु फैसला सबै कानुनले गर्ने हुदा हुदै पनि मेरो नाम जोडेर मेरो चरित्र हत्या गर्ने काम भयो अध्यक्ष बमले भने,।’
सामाजिक संजाल मार्फत जलसा बुढाले पनि यो मामलामा पलाँता गाउँपालिका अध्यक्षलाई जोडेर कसैले पनि स्टाटस नलेख्नको लागि सबैलाई आग्रह गरिसकेकि छन् । उनले भनेकी छन् ‘म एउटा सच्चा नारी हु म आफुमा भएको अन्यायका विरुद्ध लड्छु दोसिलाई कानुन अनुसारको कार्वाहिको माग गर्दछु ।
सामाजिक संजाल फेसबुक मार्फत गालि गर्नुका साथै ज्यान मार्ने धम्कि दिएको भन्दै पलाँता गाउँपालिका वडानं ४ का रकम बुढाको नाममा प्रहरीमा उजुरी दिएकी छन् । उजुरीको आधारमा प्रहरीले रकम बुढालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ ।