असार ६
भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७२१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ३६६ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार ९ सय ७० पुगेको छ। कुल संक्रमित संख्या पनि ३ लाख ९५ हजार ८१२ पुगेको छ।
भारतमा संक्रमितमध्ये २ लाख १४ हजार २०६ जनाले कोरोना जितेका छन्।