५ असार,
सुर्खेत ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पेश गरेको सार्वजनिक महत्वको संकल्प प्रस्ताव माथि प्रदेश सभामा छलफल नभएपछि शुक्रबार कर्णाली प्रदेशसभाको बैठक प्रमुख पतिपक्ष दल नेपाली काँग्रेशले अवरुद्ध गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा छलफल अघि बढाउन काँगे्रसले माग गरेको थियो । प्रतिपक्ष दल काँगे्रसले ल्याएको प्रस्ताव पुनरलेखन गरेर मात्रै अगाडि बढ्ने भएकोले प्रस्ताव माथि कार्य व्यावस्था परामर्श समितिमा छलफल भैरहेको हुदा बैठक अगाडि बढाउनमा सभामुख राज बहादुर शाहीले सहयोग गर्न आग्रह गर्दा पनि काँगे्रसको अवरोधको कारण बैठक अगाडि बढ्न सकेन ।
आफुहरुले कर्णाली बासीको हितको निम्ति ल्याएको सार्वजनिक संकल्पको प्रस्ताव माथि छलफल गर्न सरकारले हिक्मत नगरेको आरोप अगाउदै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
कांग्रेस संसदीय दलले असार ४ गते संसदमा छलफलका लागि कोरोना नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको १७ बुदे प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदिय दलका नेता जीवन बहादुर शाहीले आफुहरुले संकल्प प्रस्तावमा फजुल खर्च नगरौ भनेकाले कर्णालीमा ठुलो भ्रष्टचार भएको हुनाले सरकारले संकल्प प्रस्तावलाई अगाडि बढाउन नचाहेको अरोप लगाएका थिए । उनले आफुहरुले कानुनले दिएको अधिकार प्रयोग गर्दा पनि सरकार डराएर यो प्रस्तावमा छलफल गर्न नचाहेको आरोप समेत लगाएका ।
‘हामीले प्रदेशसभामा १७ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छौं । यो स्वीकृत नभए सम्मा संसद चल्न सक्दैन’ कांग्रेस संसदीय दलका नेता शाहीले भने,।’
कांग्रेस नेता शाहीले महामारी सामान्य नहुँदासम्म प्रदेशसभाका पदाधिकारी, सदस्य र सरकारका पदाधिकारीले लिँदै आएको सवारी साधनको सुविधा फिर्ता गरी महामारी नियन्त्रण गर्न गरिएको संकल्प प्रस्ताव पनि अस्वीकृत गरेको र अहिले पनि सार्वजनिक महत्व प्रस्ताव अस्वीकृत भएका कारणले संसद चल्न नदिने सभामुखलाई जानकारी गराए ।
कांग्रेसका प्रमुख सचेतक हिमबहादुर शाहीले संकल्प प्रस्ताव पुनर्लेखनको व्यवस्था प्रदेशसभा नियमावलीमा नै नभएको बताए । उनले कोरोनाका कारण जनता थिलोथिलो परेको बेला सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु अपराध हो ? भन्दै प्रश्न समेत गरे ।
सभामुख शाहीको पटकपटको आग्रहपछि पनि प्रतिपक्ष कांग्रेसले सदन अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभाको बैठक शनिबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।