धनगढी, ३ असार- सुदूरपश्चिम प्रदेशकी सार्बजनिक लेखा समितिकी सभापति नन्दा बमले क्वारेन्टाईनमा महिलाको अबस्थाका बारेमा अनुगमन गरेकी छिन् ।
क्वारेन्टाईनमा महिलाको असुरक्षा बढेको जनगुनासो आएपछि सभापति बमले धनगढीका बिभिन्न क्वारेन्टाईनको अनुगमन गरेको सुदूरपत्र अनलाईनलाई बताईन् । अनुगमन गरेका क्वारेन्टाईनका महिलाहरुको अबस्था राम्रै पाएको बमले बताईन् । अब सबै क्षेत्रका क्वारेन्टाईनको अवस्थाका बारेमा निरिक्षण गर्ने समेत उनको भनाई रहेको छ ।
सभापति बमले प्रदेश सभा बैठकमा क्वारेन्टिनमै महिलामाथि बलात्कारको घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गरेकी थिईन् । बमले न्युनतम मापदण्ड नपुगेका क्वारेन्टाईनमा यसरी महिला राख्नु व्यबस्थापनको ठुलो कमजोरी भएको समेत बैठकमा मुद्दा उठाएकी थिईन् ।
