काठमाडौं । भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएको कारण झडप भएको चीनले प्रतिक्रिया दिएको छ । उक्त घटनाप्रति प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक आक्रमणमा उत्रिएको बताएको छ ।
मन्त्रालयले भनेको छ, ‘चिनियाँ सैनिकहरुमाथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक आक्रमणमा उत्रिएको हो ।’ भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको थियो ।
उता, मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ ।