काठमाडौं । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भई सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएको बताइएको हो ।
भारतीय नागरिकले नेपाल भारतका सीमानामा बाराम्बार आक्रमण गर्दै आएपछि सेनाले अनन्त गोली चलाउन बाध्य भएको हो ।
घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको बताइएको छ ।
प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट ९बीओपी० मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ ।
त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।