काठमाडौं । राजा त्रिभुवनकी छोरी तत्कालिन राजकुमारी नलिनी राज्यलक्ष्मीदेवी सिंहको ९५ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार निधन भएको हो ।
लामो समयदेखि मुटुसम्बन्धी समस्या रहेकी उनको बिहीबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएका छन् । उनलाई लामो समयदेखि मुटुसम्बन्धी समस्या रहेको जनाइएको छ । उनी १९२४ सेप्टेम्बर २४ मा जन्मिएकी थिइन् ।
उनको पुन्च काश्मिरका तत्कालिन राजासँग बिहे भएको थियो। उनकी भतिजी ज्योती सिंह शाहबाट उनको निधन भएको पुष्टि भएको हो ।
