काठमाडौं । स्वयम्भूस्थीत वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सैनिक मृत भेटिएका छन्। अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेको स्यम्भू प्रहरीले जनाएको छ।
उनको छातीमा गोली लागेको प्रहरी को भनाइ छ राति ड्युटीमा नै रहेको समयमा गोली हानी आत्महत्या गरेको देखिएको सेनाले जनाएको छ । उनी अस्पतालमा नेपाली सेनाको थ्रड ग्रेड तालिम गरिरहेका थिए।