धनगढी । कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । याे सँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या दश जना पुगेकाे छ ।
पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।
पूर्वखोला २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।