कैलाली । बुधबार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २०१ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् ।
पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको उनकाे भनाई छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । यसमा ५ जना कैलालीका रहेका छन् । यससँगै कैलालीमा काेराेना संक्रमितकाे संख्या ७८ पुगेकाे छ ।