ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले आफ्नै जेठी छोरी बलत्कार गरेको आरोपमा बुबालाई पक्राउ गरेको छ । कैलालीको चुरे गाउँ पालिका वडा न. ५ भासु बजारमा बस्दै आएको बर्ष ४५ को गणेश औजीलाई गए राती २०७७-०२-२० गते साढे १० बजे तिर सहजपुरको जंगलबाट भागिरहेको अबस्थामा पक्राउ गरेको हो ।
निजको बारेमा गत जेठ १७ गते राती प्रहरीमा उजुरी परेपछि उनि घरबाट भागि फरार रहेका थिए । ३ रात ३ दिनको प्रहरीको अथक खोजीले तेस्रो दिन सहजपुर जंगलबाट भागिरहेको अवस्थामा बिश्वकर्माको टोलीले घेराहाली पक्राउ गरिएको हो । पिडितका अनुसार गणेशले भासु जंगलमा रुखमा हात खुट्टा बाँधेर र घरमै समेत बलत्कार गरेको आरोप छ ।
बालिकालाई कसैलाई खबर गरेमा मार्ने धम्कि समेत दिदै आएका थिए । यस्तै हर्कतका कारण निजलाई कुनै पनि ठाउँ बाट २ वा ३ महिना पछि स्थानियले धपाउने गरेको पडित बताउँछिन । निजलाई थप कानुनी कारबाहीका लागि जि.प्र.का. कैलाली पठाउने ईलाका प्रहरी प्रमुख माधव बिश्वकर्माबताए ।