डडेल्धुरामा आत्महत्या दुरुत्साहन मुद्धाका आरोपी निलम्बित प्रहरी जवान पक्राउ परेका छन ।
अमरगढी नगरपालिका वडा नम्बर ७ स्थित रातो गुरास रिसोर्टमा मृत फेला परेकी निर्मला बोहराको आत्महत्या दुरुत्साहनमा निलम्बित प्रहरी जवान रामदिन चौधरी पक्राउ परेका हुन ।
चौधरीमाथि जिल्ला अदालत डडेल्धुराबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।