काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या २५ लाख ७७ हजार पुगेको छ । ५९ लाख संक्रमित मध्ये हालसम्म ३ लाख ६१ हजारको मृत्यु भएको छ ।
५२ हजार ८ सय संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ । संक्रमितको संख्या १७ लाख ६८ हजार रहेको छ ।