धनगढी, १२ जेठ- कैलालीमा प्रदेश सभा सदस्य तथा नेकपा धनगढी उपमहानगरपालिका कार्यसमिति संयोजक सुशिला बुढाथोकीले दबाब दिएर क्वारेन्टाईनमा बस्नुपर्ने आफन्तलाई सिधै घरमा ल्याएकी छन् ।
पहुँचको भरमा क्वारेन्टईनमा राख्नुपर्ने व्यक्तीलाई बुढाथोकीले घरमा राख्न थालेको कुरा बाहिर आएपछि धनगढी उपमहानगरपालिका १४ फुलबारीका स्थानियले बिरोध गरेका छन् ।
प्रदेश सदस्य बुढाथोकीले भारतको दिल्लीबाट गौरीफन्टा नाका हुदै आईतबार मात्रै फर्केका आफन्त रोशन भण्डारी र अनिता गिरीलाई फावरको घरमा सिधै घरमा ल्याएको धनगढी उपमहानगरपालिका १४ फुलबारी माधब अधिकारी जानकारी दिए ।
कोरोनाको भाईरसको यती धेरै जोखिमको बढेको वेला ठुलाबडाको पावरमा यसरी लापरवाही गर्नु फुलबारी क्षेत्रमा खतरा बढ्ने भएकोले बिरोध गरेका हौ स्थानीय अधिकारीले बताए ।
भारतबाट फर्किएका दुई जनालाई धनगढी उपमहानगरपालिका वडा नम्बर १४ अन्र्तगत सुदूरपश्चिम प्रदेश सभा सदस्य बुढाथोकीले आफन्तको घरमा बस्ने व्यवस्थापन गरेको स्थानीयहरुको आरोप छ । उनीहरु धनगढी उपमहानगरपालिका वडा नम्बर १ का स्थानीय हुन् ।
यस सम्बन्धमा प्रदेश सभा सदस्य बुढाथोकीलाई सम्पर्क गर्दा आफ्नी भदै मानसिक रुपमा बिरामी भएका कारण धनगढी उपमहानगरपालिकाकाका क्वारेनटाईन संयोजक नारायण बरालसँग समन्वय गरेकोको स्वीकार गरिन् । तर बरालले भने आफुसँग कुनै समन्वय नभएको बताए ।
स्थानीयले भने पहँचको भरमा भारतबाट नेपाल भित्रिएकाहरुलाई क्वारेन्टाईनमा राख्नुको सट्टा घरमा संरक्षण गर्नु गलत भएको भन्दै फुलबारीका स्थानीय बिरोधमा उत्रिएका थिए ।
प्रदेशसभा सदस्यले भारतबाट आएकालाई सिधैं घरमा लैजान थालेपछि लफडा
प्रदेशसभा सदस्यले भारतबाट आएकालाई सिधैं घरमा लैजान थालेपछि लफडा