अत्तरिया,१० कार्तिक / कैलालीको अत्तरियामा दशैँ, तिहार एवम् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले चाडपर्वहरुको अवसर पारी शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
नगरसभापति रबिन्द्र शाही (गुड्डु) को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पुर्व आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्ट रहेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं. ४ मा रहेका सम्पुर्ण वडाका पदाधिकारी, नेपाली कांग्रेसका नेता एवम् कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सहभागिहरुले कार्यक्रममा शुभकामना आदानप्रदान का साथै गोदावरी एवम् क्षेत्र नं. ४ मा कांग्रेसलाई आगामी दिनमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा सुझावहरु दिएका थिए । करिब १६० जनाको सहभागिता रहेको कार्यक्रमलाई नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिका सचिव बम बहादुर बोगटीले सञ्चालन गरेका थिए ।