कञ्चनपुर,३० असोज/ कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैया खल्लाबाट ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने ३० वर्षीय विशाल विक र कैलालीको जोशीपुर गाउँपालिका–९ घर भई हाल पुनर्वास नगरपालिका–११ बस्ने २२ वर्षीय कुशल चौधरी रहेका छन्।
से २ प ९६९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बिहीबार दिउँसो शंका लागेर चेकजाँच गर्दा १ ग्राम १८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूलाई प्रहरी चौकी फटैयाबाट खटिएको टोलीले पक्राउ गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।