अत्तरिया , ३० असोज / कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियाँ चोकबाट भन्सार छली गरी ल्याइएका सामानसहित तीन जना पक्राउ परेका छन्।
भजनी जाने सडकखण्डमा बिहीबार दिउँसो शंकाका आधारमा सु.प.प्र.००१ ह ४२५३ नम्बरको अटो जाँच गर्दा भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी २ लाख ४७ हजार १७५ रुपैयाँ बराबरका साना–ठूला सर्ट बरामद गरिएको प्रहरीले जनाएको छ।
अटो चालक जानकी गाउँपालिका–५ बस्ने ३५ वर्षीय विपत राम चौधरी तथा अटोमा सवार टीकापुर नगरपालिका–१ बस्ने ३८ वर्षीय रामबहादुर टमाटा र ४९ वर्षीय प्रकाश कुँवर पक्राउ परेका हुन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरेर कारबाहीका लागि सत्ती भन्सार कार्यालय कैलालीमा पठाएको छ।