धनगढी,२६ असोज / धनगढी–५, हसनपुरस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि.ले सम्बन्धित निकायबाट खोप सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ।
अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार अबदेखि प्रत्येक शनिबार नियमित रूपमा खोप सेवा सञ्चालन गरिनेछ। खोप सेवाको पहिलो कार्यक्रम आगामी कात्तिक १४ गते शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ।
अस्पतालले सम्बन्धित सेवाग्राही तथा सम्पूर्ण अभिभावकलाई निर्धारित मिति र समयमा उपस्थित भई आफ्ना बालबालिकालाई खोप सेवा लिन आग्रह गरेको छ।
खोप सेवा बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउन महत्त्वपूर्ण हुने भएकाले अस्पतालले निर्धारित समयमै खोप लगाउन र आवश्यक खोप तालिकाको पालना गर्न अभिभावकलाई अनुरोध गरेको छ।
थप जानकारीका लागि निसर्ग अस्पतालमा ०९१–५२७००० वा ९८६५६८०१०० मा सम्पर्क गर्न सकिनेछ। अस्पताल हसनपुर, धनगढी–५, कैलालीमा अवस्थित छ।