• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सिजनमा लाखौको कारोवार हुने काफल लकडाउने बिक्रीमा समस्या

धनगढी, १० जेठ- सिजन अनुरुपका व्यसाय गरेर घरपरिवारको खर्च धान्न भीमदत्त राजमार्गको सडक छेउमा बसेर काफल बेच्दै आएका स्थानियलाई सरकारले गरेको लकडाउनका कारण काफल बेच्नबिखनमा समस्या भएको छ ।

कैलालीको चुरे गाउँपालिका–५ धव्रानीकी विश्नादेवी महरा विगत दशकौबाट काफलका सिजनमा काफल बेचेर घरखर्च चलाउँदै आएकी छिन् । केही वर्ष यता उनले काफल बेचेर राम्रो आम्दानी भएपछि बारीमा काफलको वोटा रोपेर काफल बेच्ने व्यवसाय नै सुरु गरेकी छिन् । गत वर्ष उनले काफलबाट राम्रो आम्दानी गर्न सफल भएको बताइन् ।

तर यसवर्ष भने लकडाउनले गर्दा सडकमा गाडिमोटर गुड्न छोडेपछि उनलाई बारीमा फलेको काफल विक्री गर्न समस्या भईरहेको छ । “मोटामोटी साठी ओटा काफलको बोट वारीमा फलेर पोकेको अवस्था छ, काफललाई बेच्न सडक किनारामा दिनभरी कुरेपनि धेरैमा पन्ध्र किलो मात्रै विक्री हुन्छ ।” महराले भनिन्, “आर्थीक अवस्था निकै कमजोर छ, काफलकै भरमा परिवार छ, काफल विक्री नभएपछि घरजानै मन गर्दैन ।”थोरै विक्री भएपनि लुकिछिपेर विक्री गनुपर्ने र विक्री नहुँदा आफ्नो घरमा खाद्यान्न किन्न पनि समस्या हुने गरेको उनले बताईन् ।

यहाँका धेरै जसो महिला तथा स्थानियको काफल बेच्न कै लागि सडक किनारामै दिन वित्छ । “गत वर्ष साठी हजारको काफल आफू एक्लैले बिक्री गरेको थिए, यसवर्ष गाउँभरी फलेको काफल बारी र वनपाखामै सडिरहेको छ ।” उनले भनिन्, “जेठ मसान्त सम्म विक्री गर्न काफल फलेको भएपनि लकडाउनको समय थपिदै जाँदा समस्या पनि बढ्दै गएको छ ।” लकडाउन थपिदै गएपछि खाद्यान्न किन्न पनि नसकिने अवस्था आउने उनले बताईन् ।

विगतमा भने धनगढी अत्तरीया र महेन्द्रनगरका ठेकेदार नै गएर काफल व्यवसायीका काफललाई डेढ सय प्रतिकिलोका दरले खरिद गरेर तराईमा विक्री गर्न ल्याउने गरेका थिए । यसपटक भने असी प्रतिकिलोका दरले विक्री गर्नुपरेको छ । गाउँमा सयौ क्वीन्टल काफल खेर गएको अवस्था रहेको यहााका स्थानियको भनाई छ ।

उनी जस्तै दिनहुँ सकड किनारामा लुकिछिपेर काफल बेच्दै गरेर घरखचै चलाउँदै आएकी चुरे गाउँपालिका–५ स्थित धव्रानीकी महामती धामीले गाउँको धेरै स्थानियको आम्दानी श्रोत काफल भएको बताईन् । “विगत धेरै वर्षबाट काफल बेच्दै घर खर्च चलाउँदै आयौ” धामीले भनिन्, “पैसाबाट पनि कोरोना सर्छ भन्ने हल्लाले काफल विक्री गर्न समेत डराउने अवस्था आयो ।”उनले तराईमा बारीमै थन्किएको तरकारीको विक्री गर्ने प्रवन्ध मिलाए जस्तै पहाडको काफल पनि बिक्रीमा सहज हुनुपर्ने बताईन् ।

कैलालीको अत्तरीया बजारबाट झण्डै डेढ घण्टाको यात्रामा पुगिने चुरे गाउापालिकाको खानीडाँडा क्षेत्रमा यसपाली तराईबाट समेत लकडाउनका कारण गर्मी छल्न जानेहरु कमी रहेको धामीले बताईन् । “अहिले गर्मीको सिजन छ, तराईबाट गर्मी छल्न आउने र धुम्न आउनेले पनि काफल धेरै किन्थे ।, यसपटक भने सवैतिर लकडाउनले ठप्प जस्तै भएको छ ।” उनले भनिन्, ।

उनले आफ्नो बारीमा असी ओटा रुखमा काफल पाकेको समेत बताईन् । यसैगरी स्थानीय पुर्णा देवी विकले काफल बिक्री नभए घर खर्च चलाउने समस्या हुने बताईन् । “यो समय काफल बेचे अन्न किन्थ्यौं, यसपालि नत काफल बिक्री भयो, नत अन्न किन्न तराई जाने अवस्था छ ।”

विकले भनिन्, “लकडाउन सवै पसल बन्द छन्, गाउँभरी पनि सुनसान जस्तै छ, लकडाउने आफ्नो व्यवसायनै धरापमा परेको छ ।” सडक छेउको खानीडाँडा बजार छेउमै पसल सञ्चालन गरेकी विकले जंगलबाट टिपेर ल्याएको काफल बिक्रीमा सहजता गनुपर्ने पनि बताईन् ।

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.