बागलुङ, ११ असोज / बागलुङ पहिरोमा पुरिएर एकै परिवारका आमा र तीन छोराको मृत्यु भएको छ ।
निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए ।
केही बेरअघि उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ ।