काठमाडौं ११ असोज/मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार (असोज ११) दिउँसो सबै प्रदेशका अधिकांश भूभागमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू भागका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू भागका केही स्थानमा तथा कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भू भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका तराई भू भागका धेरै, लुम्बिनी प्रदेशका तराई भू भागका केही, वाग्मती र गण्डकी प्रदेशको तराई भू भागका थोरै तथा कोसी र मधेस प्रदेशको तराई भू भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।