• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

लकडाउनको अवधिमा पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थ बिक्रीवितरण

काठमाडौं । बन्दाबन्दी अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थको बिक्रीवितरण गरेका छन् । स्थानीय तहको मागअनुसार राहतस्वरुप कम्पनीले चार हजार ३३३ मेट्रिक टन चामल र कर्पोरेशनले एक हजार ८१ मेट्रिक टन खाद्य पदार्थ बिक्रीवितरण गरेको जनाइएको छ ।

बन्दाबन्दीमा साल्ट ट्रेडिङले छ लाख ८८ हजार ९८० किलो चामल, एक लाख नौ हजार ९५५ किलो दाल, ७८ हजार २१३ किलो नुन र ५३ हजार ८८६ लिटर तेल बिक्री गरिएको सूचना अधिकृत कुमार राजभण्डारीले जानकारी दिए, उनका अनुसार ६८ हजार ३७० किलो चिउरा, १७ हजार ४०० किलो चिनी, ४०० ब्याग पिठो, ६३ हजार ८२ साबुन, १०० किलो चिया, ५५० किलो मस्यौरा गरी जम्मा १० लाख ८० हजार ६४३ किलो खाद्य पदार्थ र अन्य वस्तु राहतस्वरुप वितरण गरिएको हो । कर्पोरेशनले लकडाउन अवधिमा ललितपुर, कालीमाटी, सतुङ्गल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका घुम्ती सेवा पसलमार्फत जनघनत्व र उपभोक्ताको माग भएका स्थानलाई प्राथमिकतामा राखेर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका साथै अनलाइनबाट खाद्य पदार्थ तथा अन्य सामग्रीको बिक्रीवितरण गर्दै आएको छ ।

सूचना अधिकृत राजभण्डारीका अनुसार काठमाडौँ उपत्यकासहित नजीकका जिल्लामा समेत दैनिक तीन मोबाइल भ्यानमार्फत खाद्य पदार्थ बिक्रीवितरण गरिँदै आएको छ । बन्दाबन्दीका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कर्पोरेशनले मोबाइल भ्यानमार्फत खाद्य पदार्थ होम डेलिभरी गर्दै आएको हो । चौबीस कार्यालय र तिनबाट नियुक्त डिलरका साथै दुर्गम जिल्लामा रहेका ५७ डिपो र बिक्री केन्द्रबाट सरल, सहज र सुपथ मूल्यमा आयोडिनयुक्त नुन बिक्री गरिँदै आएको छ । यसैगरी खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका रामशाहपथ, नक्खु, थापाथली, भक्तपुर र ललितपुरस्थित बिक्री केन्द्रका साथै घुम्ती सेवा (मोबाइल भ्यान) र अनलाइनमार्फत उपभोक्ताको मागअनुसार खाद्यान्न बिक्रीवितरण गर्दै आएको छ । लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीबाट देशका आठ अञ्चल कार्यालयसहित आधुनिक चामल कारखाना, राजापुरलगायत देशका विभिन्न स्थानमा २६ शाखा कार्यालयका साथै दुर्गम जिल्लाका विभिन्न स्थानमा ५९ डिपो कार्यालय÷बिक्री केन्द्र एवं सहकारी डिलरबाट खाद्य पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

 

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.