काठमाडौं , २९ भदौ / नेपाली कांग्रेस संस्थापनइतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सोमबार ९भदौ २९० पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा बसेको समूहको बैठकबाट यो निर्णय गरिएको एक नेताले जानकारी दिए ।
संस्थापन पक्षले तय गरेको महाधिवेशनमा भाग लिन सक्ने अवस्था नरहेको इतर समूहको निष्कर्ष छ । त्यसैले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरिएको ती नेताको भनाइ छ ।
संस्थापन पक्षले यसअघि १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा १५औँमा भाग लिन दिने निर्णय गरेको थियो ।
संस्थापनइतर समूहले भने आफूहरू कुनै पदका निम्ति नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढेकाले उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको १५औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको जनाइएको छ ।
बैठकपछि कांग्रेस नेता डा। प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल गरिएको बताए ।