धनगढी, २९ भदौ / ट्राफिक प्रहरीले मन्त्रीका गाडी समेत रोकेर जरिवाना गर्न थालेको छ । सुदूरपश्चिमकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी जानकी देवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको हो ।
आइतबार सार्वजनिक विदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुपप्र०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिवाना तिराएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले राज्यमन्त्रीको गाडीलाई जरिवाना तिराएको पुष्टि गरे । उनकाअनुसार पहिलोेपटकलाई निषेधित समयमा गाडी प्रयोग गरेको कसुरमा पाँच सय रुपैयाँ जरिवाना तिराइएको छ ।
सार्वजनिक विदामा मन्त्री समेत सवार नभएको अवस्थामा चालकले गाडी चलाएको पाइएको थियो ।