धनगढी २७ भाद्र/सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउ आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरेको छ । यो सरकारले भाद्र अन्तिममा ल्याउने तयारी गरिरहेको छ ।
शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले बजेटको पुनरावलोकन, हित नवगठित सरकारले प्राथमिकतामा राखेका योजना सहित परिमार्जन गरेर पुनर्लेखन गर्ने भनि आर्थिैक मामिलालाई जिम्मेबारी दिईएको हो । आज बसेको बैठकले दुई वटा निर्णय गरेको छ । बैठकले प्रकृया तत्काल अगाडी बढाई बजेट चाडै ल्याउन छलफल भएको हो । नवगठित सरकारले भाद्र मसान्त भित्र बजेट ल्याउने तयारी गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि देखिएको बजेट शून्यताको अबस्था रहेको छ । बजेटमा सर्बदलिय समझदारी जुटाृन यस अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ सर्वदलीय बैठक बसेको थियो ।
प्रदेशको बजेट निर्माण प्रक्रिया शीघ्र अघि बढाउने निर्णय गरेको हो । बैठकमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए । प्रदेशमा बजेट शून्यताको अवस्था लामो समयसम्म रहँदा सरकारका नियमित कामकाज, सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिमा प्रत्यक्ष असर परेको छ ।