धनगढी, ५ भदौ / खप्तड यातायात प्रा.लि.ले टु वाइ वान भिभिआईपी सोफा सिटसहितका उच्चस्तरी एसी बस सञ्चालनमा ल्याएको छ। प्रा.लि.ले पाँच वटा सुविधा सम्पन्न बस सञ्चालनमा ल्याउँदै ‘आसन एक्सप्रेस’को उद्घाटन गरेको हो।
खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीको अध्यक्षतामा धनगढी बसपार्कमा भएको उद्घाटन कार्यक्रममा कथावाचक आचार्य सत्यराज अवस्थी प्रमुख अतिथि रहेका थिए।
नयाँ सञ्चालनमा आएका बसमा टु वाइ वान भिभिआईपी सोफा सिटसहित यात्रुलाई धनगढी देखि काठमाडौं सम्म आरामदायी तथा सुविधासम्पन्न यात्रा गराउने व्यवस्था गरिएको प्रा.लि.ले जनाएको छ।
उद्घाटन समारोहमा राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारी, यातायात महासंघका पदाधिकारी, कैलालीमा सञ्चालित विभिन्न यातायात प्रालिका प्रतिनिधि, यातायात मजदुर तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।
‘आसन एक्सप्रेस’को उद्घाटन समारोहमा यातायात व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या तथा चुनौतीका विषयमा समेत आवाज उठाएका थिए। कार्यक्रममा यातायात क्षेत्रको सुधार, व्यवसायीका समस्या र यात्रुलाई थप गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा चर्चा गरिएको थियो।