• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, भदौ ०५, २०८३
शुक्रबार, भदौ ०५, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सभामुख भण्डारीले अप्रत्यक्ष रुपमा मुख्यमन्त्री भट्टलाई सहयोग गर्न देउवालाई पदमुक्त गरे ; के भन्छन् निवर्तमान मुख्यमन्त्री शाह ?

  • २. शाह सरकारकै नीतिको जगमा भट्ट सरकारको पहिलो निर्णय

  • ३. मन्त्री बिरामी पर्दा हेलिकप्टर, जनता बिरामी पर्दा के?

  • ४. धनगढीमा बैतडी समाजले गरेको बृहत रक्तदानमा ८१ पिन्ट रगत सङ्कलन, ४९ जनाले पहिलो पटक गरे

  • ५. देउवा किन गरिए पदमुक्त ? यस्तो छ कारण

  • ६. जेन-जी र नेपालको बदलिँदो राजनीतिक चेतना : विरोधदेखि जिम्मेवार सहभागितासम्म

  • ७. अलौकिक प्रसिद्ध देवी बडीमालिकाको परिचय तथा पदयात्रा स्मरण

  • ८. मुख्यमन्त्री भट्ट मन्त्री चयनकै झमेलामा अल्झिँए

  • ९. सुदूरपश्चिम मुख्यमन्त्री भट्टले विश्वासको मत पाए

  • १०. रुग्ण सबस्टेसन ब्युँताएर लक्ष्यभन्दा बढी राजस्व, बेलौरी सम्मानित

सभामुख भण्डारीले अप्रत्यक्ष रुपमा मुख्यमन्त्री भट्टलाई सहयोग गर्न देउवालाई पदमुक्त गरे ; के भन्छन् निवर्तमान मुख्यमन्त्री शाह ?

धनगढी, ३ भदौ  / सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सभाका सदस्य प्रकाश देउवालाई एकाएक हटाइएको विषयमा प्रश्न उठाएका छन्। उनले कुनै व्यक्तिलाई जिम्मेवारीबाट हटाउँदा प्राकृतिक न्यायको सिद्धान्तअनुसार सम्बन्धित व्यक्तिसँग कम्तीमा एकपटक छलफल गर्नुपर्ने बताएका छन्।

शाहले नवनियुक्त मुख्यमन्त्री खगराज भट्टलाई बधाईसमेत दिएका छन्। उनले नयाँ सरकारका राम्रा काममा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आफूहरू रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताए।

प्रदेश सभा सदस्य प्रकाश देउवालाई एकाएक किन हटाइयो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने शाहको भनाइ छ। “प्राकृतिक न्यायको आधारमा सम्बन्धित व्यक्तिलाई एकपटक पनि नसोधी यो गर्नु उचित होइन,” उनले भने।

सभामुख भिम बहादुर भण्डारीले कुनै अमुक उद्देश्य प्राप्तिका लागि आफ्ना गतिविधि अगाडि बढाउन नहुने बताउँदै शाहले सभामुखले आफ्नो पदको मर्यादा र प्रदेश सभाको गरिमालाई समेत ध्यान दिनुपर्ने धारणा राखे।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई सहयोग पुग्ने गरी सभामुखले निर्णय गरेको भन्दै शाहले त्यसप्रति आफ्नो असहमति रहेको बताए। संवैधानिक र कानुनी प्रक्रियाअनुसार सरकार अघि बढ्दा आफूहरूको कुनै अवरोध नरहने स्पष्ट पार्दै उनले कुनै छलफल नगरी एकाएक निर्णय गर्नु उचित नभएको बताए।

सभामुखले आफ्नो अधिकार १० दिन अगाडि २० दिन अगाडि वा १ महिना अगाडि पनि गर्न सक्थे। किन गरेनन् ? निवर्तमान मुख्यमन्त्रीले प्रश्न गरे ।

“हामी रचनात्मक प्रतिपक्षीको भूमिका निभाउन तयार छौँ। सरकारका राम्रा काममा सधैँ सहयोग हुन्छ। संवैधानिक र कानुनी प्रक्रियामा अगाडि बढ्नुपर्नेमा हाम्रो कुनै रुकावट छैन,” शाहले भने।

बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिम सरकारले पूर्णता पायो; थपिए तीन मन्त्री, दुई राज्यमन्त्री
यातायात व्यवसायी स्वाँरद्वारा जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग
खप्तड यातायातद्वारा ५ वटा ‘आसन एक्सप्रेस’ एसी बस सञ्चालनमा

Recent Posts

  • सुदूरपश्चिम सरकारले पूर्णता पायो; थपिए तीन मन्त्री, दुई राज्यमन्त्री
  • यातायात व्यवसायी स्वाँरद्वारा जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग
  • खप्तड यातायातद्वारा ५ वटा ‘आसन एक्सप्रेस’ एसी बस सञ्चालनमा
  • भूमि व्यवस्था मन्त्री रावल भदौ ६ देखि ९ गतेसम्म सुदूरपश्चिमा
  • आइसिसी टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिए कप्तान ऐरी

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.