• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, भदौ ०५, २०८३
शुक्रबार, भदौ ०५, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सभामुख भण्डारीले अप्रत्यक्ष रुपमा मुख्यमन्त्री भट्टलाई सहयोग गर्न देउवालाई पदमुक्त गरे ; के भन्छन् निवर्तमान मुख्यमन्त्री शाह ?

  • २. शाह सरकारकै नीतिको जगमा भट्ट सरकारको पहिलो निर्णय

  • ३. मन्त्री बिरामी पर्दा हेलिकप्टर, जनता बिरामी पर्दा के?

  • ४. धनगढीमा बैतडी समाजले गरेको बृहत रक्तदानमा ८१ पिन्ट रगत सङ्कलन, ४९ जनाले पहिलो पटक गरे

  • ५. देउवा किन गरिए पदमुक्त ? यस्तो छ कारण

  • ६. जेन-जी र नेपालको बदलिँदो राजनीतिक चेतना : विरोधदेखि जिम्मेवार सहभागितासम्म

  • ७. अलौकिक प्रसिद्ध देवी बडीमालिकाको परिचय तथा पदयात्रा स्मरण

  • ८. मुख्यमन्त्री भट्ट मन्त्री चयनकै झमेलामा अल्झिँए

  • ९. सुदूरपश्चिम मुख्यमन्त्री भट्टले विश्वासको मत पाए

  • १०. रुग्ण सबस्टेसन ब्युँताएर लक्ष्यभन्दा बढी राजस्व, बेलौरी सम्मानित

देउवा किन गरिए पदमुक्त ? यस्तो छ कारण

धनगढी , २ भदौ / सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् । लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण देउवाको पद रिक्तसम्बन्धी प्रदेशसभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेसँगै उनी पदमुक्त भएका हुन् ।

उक्त निर्णय आगामी बैठकमा सभामुखले जानकारी गराउने तयारी छ । देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। त्यसपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी उपचारका लागि अमेरिकामै बसेका छन्। अमेरिका गएको ११ महिना पुगिसक्दा पनि उनी नेपाल फर्किएका छैनन्।

छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए।

सभामुखलाई सम्बोधन गरी पठाइएको पत्रमा उनले व्यक्तिगत कामका सिलसिलामा अमेरिका पुगेको र त्यसपछि स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा रहनुपरेको बताएका थिए। स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता पनि उनले जनाएका थिए।

तर, उक्त पत्र पठाएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि देउवा नेपाल फर्किएका छैनन्। उनको उपचारको अवस्था र नेपाल फर्किने मितिबारे नेपाली कांग्रेसका नेताहरूलाई समेत स्पष्ट जानकारी नरहेको बताइएको छ।

नेपालको संविधानमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुनेसम्बन्धी व्यवस्था गरिएको छ। धारा १८० को (घ) मा सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था उल्लेख गरिएको छ। यही व्यवस्थाअनुसार देउवाको पद रिक्त भएको हो।

सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० मा पनि यससम्बन्धी व्यवस्था उल्लेख गरिएको छ। छैटौँ अधिवेशनमा २५ वटा बैठक बसेकामा देउवा आठ दिन मात्रै उपस्थित भएका थिए। त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उनी उपस्थित भएनन्। पछिल्लो २७ वटा बैठकमा उनको हाजिरी नरहेको प्रदेश सभा सचिवालयको अभिलेखमा उल्लेख छ।

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म १२८ वटा बैठक बसेका छन्। तीमध्ये देउवा ६० वटा बैठकमा मात्रै उपस्थित भएका छन्।

मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिम सरकारले पूर्णता पायो; थपिए तीन मन्त्री, दुई राज्यमन्त्री
यातायात व्यवसायी स्वाँरद्वारा जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग
खप्तड यातायातद्वारा ५ वटा ‘आसन एक्सप्रेस’ एसी बस सञ्चालनमा

Recent Posts

  • सुदूरपश्चिम सरकारले पूर्णता पायो; थपिए तीन मन्त्री, दुई राज्यमन्त्री
  • यातायात व्यवसायी स्वाँरद्वारा जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग
  • खप्तड यातायातद्वारा ५ वटा ‘आसन एक्सप्रेस’ एसी बस सञ्चालनमा
  • भूमि व्यवस्था मन्त्री रावल भदौ ६ देखि ९ गतेसम्म सुदूरपश्चिमा
  • आइसिसी टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिए कप्तान ऐरी

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.