• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बुधबार, साउन २०, २०८३
बुधबार, साउन २०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा प्रहरी जवान मृत फेला

  • २. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ३. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ४. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ५. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ६. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • ७. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • ८. स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार

  • ९. कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिए

  • १०. पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी

किसानले गरेको लगानीको प्रतिफल सहज रूपमा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

धनगढी २०, साउन / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह भवनको उद्घाटन गर्दै उहाँले बताउनु भएको हो। अधिकांश जनसंख्या कृषि पेशामा आबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले कृषिमैत्री वातावरण सिर्जना गर्न सरकार सक्रिय रहेको धारणा व्यक्त गर्नुभयो।

अर्को प्रसङ्गमा उहाँले लम्कीचुहामा प्रादेशिक अस्पताल सञ्चालनका क्रममा देखिएका केही अवरोधप्रति दुःख व्यक्त गर्दै स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त भए नमुना प्रादेशिक अस्पताल सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभयो। साथै शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रयोगात्मक कक्षाहरू लम्कीचुहा प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

यसैबीच, तत्कालीन सत्तारूढ दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्रमा ५ अर्बभन्दा बढी रकम विनियोजन गरेको आरोप लगाउँदै त्यसको पुष्टि गर्न चुनौती दिनुभएको छ।

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह निर्माण सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालयको सहयोगमा लागत साझेदारीमा सम्पन्न गरिएको हो। कृषि जन्य उद्योग स्थापना कार्यक्रमअन्तर्गत बिउ प्रशोधन मेसिनरी खरिद तथा जडान कार्य सम्पन्न गरिएको यस आयोजनाको कार्यान्वयन किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गरेको हो।

आयोजनाको कुल समझौता रकम ३४ लाख ५७ हजार रुपैयाँ रहेकोमा बोलपत्र स्वीकृत रकम ३४ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ। कृषि विकास निर्देशनालयबाट १७ लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ भने बाँकी २८ लाख १५ हजार रुपैयाँ सहकारी संस्थाले व्यहोरेको जनाएको छ। संस्थाका अनुसार वास्तविक लागत भने सम्झौताभन्दा केही बढी भएको छ।

आयोजना २०८३ साल वैशाख ८ गते सम्झौता भई २०७३ साल जेठ १२ गतेदेखि सुरु भएको थियो र २०८३ साल असार १५ गते सम्पन्न भएको हो।

बुधबार, साउन २०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कैलालीको टीकापुरमा जिप र ट्रक एकआपसमा ठोक्किदा जिप सहचालकको मृत्यु , चालक घाइते
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु
लेखापरीक्षण प्रतिवेदनको दृष्टिमा बाजुराका स्थानीय सरकार : विकासको प्रचार बढी कि सुशासन कमजोर

Recent Posts

  • किसानले गरेको लगानीको प्रतिफल सहज रूपमा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह
  • कैलालीको टीकापुरमा जिप र ट्रक एकआपसमा ठोक्किदा जिप सहचालकको मृत्यु , चालक घाइते
  • कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु
  • लेखापरीक्षण प्रतिवेदनको दृष्टिमा बाजुराका स्थानीय सरकार : विकासको प्रचार बढी कि सुशासन कमजोर
  • बाजुराका चार विद्यालयका १२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.