बाजुरा, २० साउन / सेवा र विकासका लागि युवा तथा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वयमा बाजुरा जिल्लाका चार वटा विद्यालयका १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
मालिका नमुना माध्यमिक विद्यालय, मार्तडीमा आयोजित कार्यक्रममा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममार्फत विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै शैक्षिक वातावरण सुदृढ बनाउने उद्देश्य राखिएको प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्रेम बोहराले बताए ।
बोहराका अनुसार दुर्गम क्षेत्रका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई उनीहरूको सिकाइलाई सहज बनाउने तथा शिक्षामा पहुँच अभिवृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा विपन्न समुदायका विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
सेवा र विकासका लागि युवाले देश भर नै शौक्षिक समाग्री वितरण कार्यक्रम गरेको छ ।