• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शनिबार, साउन १६, २०८३
शनिबार, साउन १६, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ९. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • १०. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

२ हजार ४ हेक्टरमा फैलिएको केरा खेती, सुदूरपश्चिम आत्मनिर्भरताको आधार बन्दै

धनगढी, १६ साउन / सुदूरपश्चिम प्रदेशमा व्यावसायिक केरा खेती विस्तार हुँदै जाँदा यसले कृषि क्षेत्रमा आत्मनिर्भरताको आधार बलियो बनाउँदै गएको छ। उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन, उचित मूल्य र वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता किसानहरूले औँल्याएका छन्।

केरा उत्पादकहरूको संयुक्त प्रेस विज्ञप्तिअनुसार सुदूरपश्चिम प्रदेशमा हाल करिब २ हजार ४ हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ। यस क्षेत्रबाट वार्षिक औसत ७२ हजार १४४ मेट्रिक टन केरा उत्पादन हुने गरेको छ। प्रदेशभित्र कैलाली केरा उत्पादनको प्रमुख केन्द्रका रूपमा रहेको छ, जहाँ करिब ९५० हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ। त्यस्तै कञ्चनपुरमा ६१० हेक्टर क्षेत्रफलमा केरा खेती हुने गरेको छ। प्रदेशभर करिब ७८० जना किसान व्यावसायिक केरा खेतीमा आबद्ध छन्।

विज्ञप्तिअनुसार नेपालमा वार्षिक करिब ९ लाख ६४ हजार मेट्रिक टन केराको माग रहेको छ। हाल स्वदेशी उत्पादनबाट करिब ७५ प्रतिशत माग मात्रै पूरा भइरहेको उल्लेख गर्दै उत्पादन विस्तार र बजार व्यवस्थापन प्रभावकारी बनाउन सके बाँकी मागसमेत स्वदेशी उत्पादनबाट पूर्ति गर्न सकिने विश्वास व्यक्त गरिएको छ।

उत्पादकहरूले भारतबाट केराका बिरुवा तथा फल आयातमा लगाइएको रोकको स्वागत गरेका छन्। भारतबाट आयात हुने केरामार्फत ट्रपिकल रेस–४ (TR4) रोग भित्रिने जोखिम कम हुने र यस निर्णयले स्वदेशी उत्पादन, किसानको हित तथा राष्ट्रिय कृषि सुरक्षामा सकारात्मक योगदान पुग्ने उनीहरूको भनाइ छ।

यद्यपि किसानले बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन ६० देखि ६५ रुपैयाँ मै केरा बिक्री गरिरहेको अवस्थामा उपभोक्ताले बजारमा भने अत्यधिक मूल्य तिर्नुपरेको भन्दै उत्पादकहरूले चिन्ता व्यक्त गरेका छन्। किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्थाले बिचौलियामार्फत कृत्रिम मूल्यवृद्धि तथा कालोबजारी भइरहेको आशंका बलियो बनेको विज्ञप्तिमा उल्लेख छ।

उत्पादकहरूले सुदूरपश्चिममा रहेको केरा खेतीको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न बजार व्यवस्थापन, मूल्य अनुगमन, किसानमैत्री नीति र प्रभावकारी वितरण प्रणाली लागू गर्न सरकारसँग आग्रह गरेका छन्।

शनिबार, साउन १६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रोएशियामा गौरा पर्व विशेष सांगीतिक साँझ आयोजना हुँदै
सुदूपश्चिमको शक्तिशाली मुख्यमन्त्री बनेका शाह फेरि अल्पमतमा
पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह

Recent Posts

  • क्रोएशियामा गौरा पर्व विशेष सांगीतिक साँझ आयोजना हुँदै
  • सुदूपश्चिमको शक्तिशाली मुख्यमन्त्री बनेका शाह फेरि अल्पमतमा
  • २ हजार ४ हेक्टरमा फैलिएको केरा खेती, सुदूरपश्चिम आत्मनिर्भरताको आधार बन्दै
  • पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह
  • धनगढीमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप, विजेतालाई एक लाख रुपैयाँसम्म पुरस्कार

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.