• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ५. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ८. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

  • ९. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

मानव बेचबिखनविरुद्ध गौरीफन्टा नाकामा संयुक्त सचेतना कार्यक्रम

धनगढी, १५ साउन / भारत-नेपाल सीमास्थित गौरीफन्टा सीमा नाकामा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस नेपाल र भारतका सुरक्षा निकाय तथा सामाजिक संस्थाको संयुक्त सहभागितामा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ।

भारतको सशस्त्र सीमा बल (एसएसबी) को एफ कम्पनीको आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा सीमापार मानव बेचबिखन नियन्त्रण, सुरक्षा निकायबीच समन्वय सुदृढीकरण तथा जनचेतना अभिवृद्धिलाई केन्द्रमा राखेर छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै एसएसबीका सहायक कमाण्डेन्ट रवि कुमार समोटाले मानव बेचबिखन सीमावर्ती क्षेत्रको गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको प्रभावकारी नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा निकायबीच निरन्तर समन्वय, सूचनाको शीघ्र आदानप्रदान र संयुक्त प्रयास अपरिहार्य रहेको बताए।

उनले सीमामा हुने शंकास्पद गतिविधिमाथि समयमै निगरानी बढाउन, जोखिममा रहेका महिला तथा बालबालिकाको पहिचान गर्न र मानव बेचबिखनमा संलग्न सञ्जालविरुद्ध दुवै देशका निकायले एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा एसएसबीको एन्टी ह्युमन ट्राफिकिङ युनिट, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का प्रतिनिधिहरूले सीमा क्षेत्रमा संयुक्त गस्ती, सूचना आदानप्रदान र समन्वयात्मक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

यस्तै, कार्यक्रममा सहभागी सामाजिक संस्थाका प्रतिनिधिहरूले मानव बेचबिखन न्यूनीकरणका लागि सीमावर्ती समुदायमा नियमित जनचेतनामूलक अभियान सञ्चालन, परामर्श सेवा विस्तार तथा महिला र बालबालिकालाई लक्षित सचेतना कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।

कार्यक्रमको अन्त्यमा नेपाल र भारतका सुरक्षा निकाय तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरूले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सञ्जालविरुद्ध संयुक्त रूपमा कारबाही अघि बढाउने, सीमा क्षेत्रमा सुरक्षित आवागमन सुनिश्चित गर्ने तथा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार
पृथ्वीपुर छोटी भन्सार कार्यालय बन्द हुने चरणमा, बन्द नगर्न स्थानीयको माग 
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएर ५० पुग्यो

Recent Posts

  • स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार
  • पृथ्वीपुर छोटी भन्सार कार्यालय बन्द हुने चरणमा, बन्द नगर्न स्थानीयको माग 
  • मानव बेचबिखनविरुद्ध गौरीफन्टा नाकामा संयुक्त सचेतना कार्यक्रम
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएर ५० पुग्यो
  • सुनसरीको जनजीवन सामान्य बन्दै

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.