धनगढी, ६ जेठ- सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष डा.आरजु राणा देउवाले सेती प्रादेशिक अस्पतालको प्रसुती वार्डलाई करिब १ लाख बराबरको स्वास्थ सुरक्षा सामाग्री पठाएकी छन् ।
कोराना भाईरसको संक्रमणबाट बच्न र प्रसुती गृहमा रहेका गर्भवती र सुत्केरी महिला एंव नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा सहयोग पुगोस भन्ने उद्धेश्यले सामाग्री हस्तान्तरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ सामाग्री हस्तान्तरण गरिएको संजालकी अध्यक्ष एवं वरिष्ठ सामाजिक अभियन्ता डा.आरजु राणा देउवाले बताईन् ।
स्वास्थ सामाग्रीले कोरोना भाईरस संक्रमणबाट वाच्न र अन्य जोखिम न्युनिकरणमा प्रसुति गृहमा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुलाई प्रत्यक्ष टेवा पुग्नेछ देउवाको भनाई छ । हस्तान्तरण गरिएको स्वास्थ सामाग्रीहरुमा पिपिई २ सेट,सेनिटाईजर ५ लिटर, थरमल गन १ वटा, पन्जा २०० पिस, पेपर मास्क २५० पिस, बुट २ जोडी, एन ९५ मास्क १०० वटा, हातधुने साबुन २० वटा रहेका छन् ।
उक्त स्वास्थ सामाग्री सुरक्षित मातृत्व संजाल महासंघ नेपाल कैलालीका अध्यक्ष विनय लामा, उपाध्यक्ष डण्डीराज सुवेदी र सचिव तपेन्द्र भूषालले सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिती सदस्य मनोज राई, प्रसुति वार्ड डिपार्टमेन्ट प्रमुख डा.खगेन्द्र भट्ट र प्रसुती वार्ड ईन्चार्ज यशोदा ढकाललाई संयुक्त रुपमा हस्तान्तरण गरिएको होे ।
स्वास्थ सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दे करिब १ लाख बराबरको सामाग्री सहयोग गरिएको र धनगढीका अन्य ३ वटा प्रसुति गृहहरुलाई पनि सहयोग गर्ने योजना रहेको मातृत्व सञ्जाल कैलालीका अध्यक्ष लामाले बिनय लामाले जानकारी दिए ।